आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

२०७९ मंसिर ०१ बिहिवार, २०२२ नोभेम्वर १७
मेष

महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

- Advertisement -
Ad image

वृष
उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ।

मिथुन
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउन सक्छ।

कर्कट
विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुने समय छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ।

सिंह
दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। खर्च लागे पनि लगानीको अवसर आउन सक्छ।

कन्या
नसोचेको आम्दानी हुनाले दैनिकी खर्चिलो बन्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ने देखिन्छ।

तुला
आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ।

वृश्चिक
अप्ठ्यारा परिस्थितिमा पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ।

धनु
काम पूर्ण नभए पनि अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।

मकर
बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ।

कुम्भ
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकारका लागि अलि सजग रहनुपर्ला।

मीन
लक्ष्यअनुसार काममा जुट्न नसकिए पनि प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्