काठमाडौँ – चितवन क्षेत्र–२ का नेपाली कांग्रेस उमेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । भरतपुरमा आज बिहान पार्किङमा राखिएको अवस्थामा बा ३ च २०५० नम्बरको गाडीमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीका एक अधिकारीका अनुसार घटना विप्लव समूहबाट भएको आशंका गरिएको छ ।
भरतपुर महानगरपालिका– १० मा गाडी रोकेर श्रेष्ठ चुनावी प्रचारमा थिए । सोही क्रममा मोटरसाइकलमा आएको समूहले गाडीमा ढुङ्गा प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्