काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताएका छन् ।
बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रूपमा देख्न चाहेको दाबी गरे ।
विगतका चुनावमा भन्दा यसपटकको चुनावमा जनताले राम्रो प्रतिक्रिया दिइरहेको भन्दै उनले आफूले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरू उल्लेख्य गरेको बताए । उनले जनताले काठमाडौं–१ मा खानेपानीको समस्या समाधान गर्ने कुरा पहिलो माग राखेको बताए ।
गुणस्तरयुक्त शिक्षा र स्वास्थ्य सेवाको विकास गर्न पनि मतदाताले माग गरेको उनले बताए । उनले आसन्न निर्वाचनमा जित हाँसिल गरेपनि आफ्नो पहिलो काम खानेपानीको समस्या समाधान गर्ने र सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा समानता ल्याउने रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्