प्रधानमन्त्री देउवा आज गृह जिल्ला डडेल्धुरा जाँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज  गृह जिल्ला डडेल्धुरा जाने भएका छन् ।  मङ्गलवार धनगढी पुगेका देउवा आज आफ्नो गृह जिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लागेका हुन्  ।

देउवाले आज साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उनी सुदूरपश्चिममा रहेका छन् ।

- Advertisement -
Ad image

देउवा यसअघि पनि चुनावी सभामा सहभागी हुन गृह जिल्ला गएका थिए । त्यस क्रममा उनले चार दिन सातवटै स्थानीय तहमा वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेका चुनावी सभामा सहभागी भएका थिए । देउवा सातौँ पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्।

देउवासँग कांग्रेस विपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्