निर्वाचनमा तीन दिन सार्वजनिक बिदाको सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तीन दिन विद्यालयमा बिदा गर्न सिफारिस गरेको छ ।

मंसिर २ देखि ४ गतेसम्म देशभरका सबै विद्यालयमा बिदा दिनुपर्ने आयोगको सिफारिसमा उल्लेख छ । निर्वाचन केन्द्र रहेका विद्यालय मतदानस्थलको रूपमा प्रयोग गर्नुपर्ने भएकाले बिदाका लागि सिफारिस गरिएको आयोगले जनाएको छ ।

- Advertisement -
Ad image

आयोगले निर्वाचनको दिन मंसिर ४ मा देशभर सार्वजनिक बिदा दिन पनि सिफारिस गरेको छ । आयोगले बिदाको निर्णय गर्न मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले निर्णय गरेपछि मात्रै बिदाको निर्णय कार्यान्वयन हुने आयोगले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्