काठमाडौँ – नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले भक्तपुरका जनताको विकास र समृद्धिको सपनाको लागि भक्तपुर निवासी एमालेका अध्यक्ष केपी ओली र महेश बस्नेत भएपछि पुरा हुने दृढता व्यक्त गरेका छन् ।
आज सूर्यविनायक नगरपालिका वडा नं. ५ मा आयोजित क्षेत्र नं. २ ‘क’ सूर्यविनायक प्रदेश स्तरीय आमसभालाई सम्बोधन गर्दै नेता बस्नेतले भक्तपुर र मुलुकै विकासको लागि एमालेको विकल्प नभएको दावी गरे । एमाले विकासको पर्यायवाची भएको उल्लेख गर्दै उनले केपी ओली नेतृत्वको सरकारको समयमा भक्तपुरको विकास जिल्लाको लागि ऐतिहासिक भएको बताए ।
संघीय सरकारबाट मात्र २६ अर्वभन्दा बढी बजेट ल्याई सडक, ढल, खानेपानी, विद्यालयका भवन, स्वास्थ्य चौकीका भवन, पुललगायतका साना तथा ठूलो आयोजनाहरु सञ्चालन गरिएको जानकारी गराउँदै उनले बजेट समयले ल्याएको हो भन्ने कांग्रेसलाई आफ्नो नेतृत्वमा बनेको सरकारको १८ महिनामा कति बजेट ल्याउन सफल हुनुभयोरु भनि प्रश्न गरे ।
उनले भने, ‘एमालेको सरकार भएको समयमा भक्तपुरमा मात्र हैन, देशै भर जनताको माग, चाहना र आवश्यकता अनुसारको साना तथा ठूला असंख्य विकास निर्माका कार्यहरु भएका थिए । वर्तमान गठबन्धनको सरकार अएपछि विकासले दशैमा जुठो परेको समय जस्तै भएको छ । विकासको सुनसान छ, चालु आयोजनाहरु समेत बन्द भएका छन् । त्यसैले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई जनताहरु विजयी गराउन आतुर हुनुहुन्छ ।
भक्तपुरका जनता सचेता हुनुहुन्छ, एमालेले गरेको विकास र समृद्धिको यात्रालाई बुझेर सूर्यमा मतदान गर्नुहुनेछ । मंसिर ४ पछि एमालेको सरकार बन्ने छ । आम नेपाली युवा तथा जनताको ‘बा’ केपी ओली प्रधानमन्त्री बन्नुहुनेछ । त्यसपछि तपाईहरुको दाई वा भाई महेश बस्नेत सँगै हुनेछ । केपी बा र महेश
दाई वा भाई भएपछि भक्तपुरका जनताले चिन्ता गर्नुपर्दैन ।’
गठबन्धन जनतालाई झुक्याउनमात्र आइरहेको बताए । आफु पनि केही गर्न नसक्ने अनि एमालेलाई पनि विभिन्न लान्छना लगाई जनतालाई भ्रममा पार्न कोसिश नगर्न गठबन्धनलाई चेतावनी दिँदै उम्मेदवार थापाले लान्छना लगाउनुभन्दा पहिले प्रमाणीत गरेर देखाउनु चेतावनी दिए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल कुमार भट्टराई, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सोम मिश्र, एमाले बागमती प्रदेश सदस्य शशी जंग थापा, प्रतिनिधिसभा समानुपातीक उम्मेदवार गोविन्द प्रसाद दुलाल, प्रदेश सभानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजालगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्