रिङ रोडमा २ सय गाडी भए पुग्छ तर हामीले रुट परमिट जतिलाई पनि दिइरहेका छौँ: बालेन साह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौँ उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन्।

संघीय संसदबाट काठमाडौँ उपत्यकामा हुने सडक दूर्घटना न्यूनीकरणका लागि सोसम्बन्धी विधेयक पारित भएको उल्लेख गर्दै उनले त्यसबाट सो क्षेत्रको सडक दुर्घटना न्यूनीकरण हुँदै जाने बताएका हुन्।

- Advertisement -
Ad image

सेयर सबै सार्वजनिक सवारी साधनहरूको बराबर हुने गरी सो विधेयक पास भएकाले सवारी साधनहरूबीच अस्वस्थ प्रतिस्पर्धा भई दूर्घटना हुने काममा कमी आउने उनको भनाइ थियो।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकल लगायतका दुई पाङग्रे सवारी साधनको चाप बढेको उल्लेख गर्दै मेयर साहले त्यसको व्यवस्थापनका लागि पनि सम्बन्धित पक्षहरूबीच बिस्तारै सहकार्य गर्दै लैजानुपर्नेमा जोड दिइएको बताए।

मेयर शाहले भने, ‘सबै सम्बन्धित निकायहरूले सहकार्य गरेर अघि बढाएर यहाँको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सक्छौँ। सार्वजनिक यातायातहरूले ठाउँमा समयमै नपुर्‍याएका कारण मोटरसाइकलहरूको संख्या काठमाडौँमा बढ्न गएको छ। हालै हाम्रो संसदबाट काठमाडौँ उपत्यकाका लागि एउटा यातायात प्राधिकरणको बिल पास भएको छ। जसअन्तर्गत चाहिँ सबैखाले भेहिकल्सहरू एउटै छातामा आएर काम गर्दा जसले गर्दाखेरी कम्पिटिसन रहँदैन। सबैले बराबर सेयर पाउने भएपछि कम्पिटिसन हट्छ। रिङ रोडमा २ सयवटा गाडी भए पुग्ने रहेछ। तर हामीले रुट परमिट जतिलाई पनि दिइरहेका छौँ। अल बिल पास भएको छ। हामी ट्राफिकसँग पनि सहकार्य गरिरहेका छौँ।’

उनले काठमाडौं उपत्यका भित्र हुने सवारी दूर्घटनामा परी घाइते भएकाहरुको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भइरहेको पनि बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्