जनताको पक्षमा कानुन बनाएकोले जित्नेमा ढुक्क छुः ओनसरी घर्ती मगर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं–
काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वसभामुख ओनसरी घर्ती मगर जनताको पक्षमा कानुन बनाएकोले आफू जित्नेमा ढुक्क रहेकि छिन् । महिला प्रतिनिधित्व, प्रोत्साहन र पहुँचका लागि पनि मेरो उम्मेदवारी भएकाले आफुले जित्ने बताइन । जनताको विकास निर्माणको पहुँच सरकारसम्म पुर्‍याउने पनि उनले बताइन । जनताको एजेन्डा कार्यान्वयन गर्न मलाई नै मत दिनुहुन्छ भन्नेमा आफू ढुक्क रहेको बताए ।
चुनाव जितिसकेपछि पनि जनाहरुको घरदैलोमा नै रहने उनले बताइन । आफूले विगतमा पनि इमानदारपूर्वक भूमिका निवार्ह गरेको गरको उनको दावी छ । ‘जस्तो जस्तो भूमिका पर्‍यो, मैले त्यसलाई बोध गरेर निर्वाह गरेकी छु भनेर मैले मतदातासँग अनुरोध गरेकी छु’ उनले भनिन ।

त्यसैले मेरो इमानदारी, मैले विगतदेखि गर्दै आएको काम र अहिले मैले जनतासमक्ष जे जे एजेन्डा उठाएँ, यसलाई उहाँहरूले हेर्नुभएको छ । यो हेरिसकेपछि उहाँहरूले मलाई मौका दिन्छौं, तर तपाईंले हामीसँगै रहेर काम गर्नुपर्छ भन्ने सुझाव दिनुभएको छ।

- Advertisement -
Ad image

काठमाडौं २ का लागि घर्तिमगरको एजेन्डा के हुन् ?

आधारभूत रूपमा खानेपानीको विषय प्रमुख छ ।
बाटो र बागमती र मनोहरा करिडोर र जग्गा एकीकरणका छन् ।
सपना शंखरापुरका लागि सांस्कृतिक ग्राम र कागेश्वरी मनोहराका लागि स्पोर्टस् सिटी छन्।
सफा सुन्दर र दिगो विकास भएको शहर हुन्छ ।
मैले ट्राफिक व्यवस्थापनको कुरा पनि गरेकी छु ।
मैले जनताको आधारभूत कुरा विकास निर्माणको सवाल उठाएकी छु ।
हक कटौती नहुने गरेर कानुन निर्माण गर्न भूमिका खेल्ने प्रतिबद्धता जाहेर गरेकी छु ।
युवाको रोजगारीका लागि ती सबै काममा युवालाई संलग्न गराउने कुरा पनि मैले गर्दै आएकी छु ।
मेरो इमानदारी, मैले विगतदेखि गर्दै आएको काम र अहिले मैले जनतासमक्ष जे जे एजेन्डा उठाएँ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्