इरानमा राष्ट्रव्यापी विरोध प्रदर्शनमा ३ सय २६ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानी सुरक्षा बलहरूले राष्ट्रव्यापी विरोध प्रदर्शनमा कम्तिमा ३२६ जनाको मृत्यु भएको इरान मानव अधिकार (आईएचआर)ले जनाएको छ।

प्रहरी हिरासतमा रहेकी युवती अमिनीको सेप्टेम्बर १६ मा मृत्युलाई लिएर महिलाहरूले देशभर प्रदर्शन गर्दै आएका छन्।

- Advertisement -
Ad image
ड्रेस कोडको कथित उल्लंघन गरेको आरोपमा गिरफ्तार भएको तीन दिनपछि अमिनीको मृत्यु भएको थियो। उनको मृत्युले इस्लामिक गणतन्त्रमा विरोध चर्किएको छ।

ओस्लोमा रहेको आईएचआरले आफ्नो वेबसाइटमा पोष्ट गरेको विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्रव्यापी प्रदर्शनमा सुरक्षा बलहरूले ४३ बालबालिका र २५ महिलासहित कम्तीमा ३२६ जनाको ज्यान लिइसकेको छ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्