मकवानपुर क्षेत्र नम्बर १ मा आक्रमक प्रतिस्पर्धा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– संसदीय आम निर्वाचन नजिकिदै गर्दा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको जितमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको सूर्य चिह्नबाट र राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह चुनावी प्रतिस्पर्धामा तगारो बनेका छन् ।
१ र २ मा लोकतान्त्रिक–वाम गठबन्धन, नेकपा एमाले, राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा आक्रम बनेका छन् ।
त्यस्तै क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस (बिपी) बाट सुरेन्द्र भट्टराई, नेमकिपाबाट शान्तलाल भैलसहित २६ जना चुनावी मैदान होमिएको छन् । क्षेत्र नम्बर १ को १ र २ प्रदेशसभा सदस्य पदका उम्मेदवार प्रेमबहादुर पुलामी (छिन्तु) र आनन्दराम पराजुलीले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेको छन्। नेकपा एमालेको तर्फबाट कमल विष्ट र एकलाल श्रेष्ठ छन। राप्रपाका तर्फबाट सागर थापा १ र गुञ्जनबहादुर न्यौपाने ९२० प्रदेशसभा सदस्य पदको निर्वाचनमा प्रतिस्पर्धामा रहेको छन्।
यो क्षेत्रमा बागमती, बकैया, मकवानपुरगढी गाउँपालिकाको आधा भाग, हेटौँडा उपमहानगरपालिकाको १ देखि १९ मध्ये १, ३, ११ र १९ नम्बरबाहेक अन्य १५ वडा रहेको छ । निर्वाचनमा आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा आवाजजावत गर्ने र दिगो विकासलाई अगाडि बढाउन सक्नेलाई निवार्चति गर्नु पर्ने मतदाताको भनाई रहेको छ ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्