युएईविरुद्ध सिरिज: रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोली घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानको जिम्मेवारी दिँदै राष्ट्रिय टिमको घोषणा गरेको छ। सन्दीप लामिछाने नाबालिग बलात्कारको अभियोगमा निलम्बित भएपछि कप्तानको जिम्मेवारी रोहितलाई दिएको हो।

रोहितको कप्तानीमा युएईविरुद्ध खेलका लागि राष्ट्रिय टिमको घोषणा पनि गरिएको छ। १६ सदस्सीय टिममा कप्तान रोहित पौडेलसँगै ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, करन केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिसंकर साह, आदिल अलाम, अर्जुन साउद र गुल्सन झालाई समेत समेटिएको छ।

- Advertisement -
Ad image

युएईविरुद्ध नेपालले नोभेम्बर १४ देखि १८ सम्म एकदिवसीय सिरिज खेल्ने कार्यतालिका छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्