काठमाडौं– पछिल्लो समयमा जग्गा लिलामीका सूचनाहरु धेरै आउन थालेका छन् । दैनिक पत्रपत्रिकामा आधा भन्दा धेरै विज्ञापन जग्गा लिलामीको सुचनाले भरिएर आउँछ । बैंक तथा वित्तीय संस्था र सहकारीहरुले लिलामीको सुचना लिकालेका छन् । ऋणको सवा ब्याज नतिरेपछि बैंक तथा वित्तीय संस्थाहरुले सात दिनेदेखि ३५ दिनेसम्मको लिलामी सूचना दैनिक प्रकाशित गर्न थालेका छन् ।
ऋणको ब्याज दर लगभग दोब्बर भइसकेको र आर्थिक मन्दीका कारण एकातिर कुनै आर्थिक कारोबार छैन भने उच्च ब्याज दरले ऋण तिर्ने क्षमतामा कमी आएपछि जग्गा लिलामीको सुचना हाव्तै बढेको छ ।
बैंकहरुका अनुसार आफै घर बनाएर बस्ने गरि किनेकालाई भन्दा जग्गा कारोबार गर्नेलाई धेरै समस्या देखिएको बताएको छ । आफै घर बनाएर बस्ने उदेश्यले जग्गा किनेकाहरुले समय ऋण नतिर्नेको संख्या कम रहेको पनि बैंकहरुले बताएका छन् । जग्गा किन्दै बेच्दै गर्नेहरुले भने समयमा ऋण नतिर्नेहरु धेरै रहेको पनि बैंकहरु बताउँछन् । केहि व्यपारीहरुको पनि व्यवसाय नचल्दा ऋण तिर्न नसकेको बैंकहरुको भनाई छ । ऋण उठ्न छाडेपछि बैंकहरुले धितो लिलाम गर्न थालेका हुन्। तर धितोमा लिलाममा राखिएको सम्पत्ति पनि बिक्री हुन छाडेको बैंकहरु बताउँछन छ । त्यही भएर केही बैंक तथा वित्तीय संस्थाले एउटै सम्पत्ति लिलामीका लागि पटक(पटक पनि सूचना जारी गरिरहेका छन्।
कति पय बैंक तथा वित्तीय संस्थाले पटक पटक सुचना निकाल्दा पनि धितो विक्रि नभएपछि आफैले धितो सकार्न बाध्य भएको पनि बताएका छन् । लिलामीको जग्गा बिक्री हुन छाडेपछि बैंकको निष्क्रिय कर्जा समेत बढ्न थालेको छ।
नियमित ब्याज भुक्तानी गरिरहेका विद्यालय, सिनेमाहल, कोल्डस्टोरेजजस्ता व्यवसायलाई किन जग्गा किन्न पनि पैसा दिएको भन्दै नोक्सानी व्यवस्थापन गर्न लगाइएको छ।
अहिले ऋणको ब्याज पनि बढेर १९ प्रतिशतसम्म पुगेको छ। एकातिर बढ्दो ब्याज अर्कोतिर बैंकहरुले स्प्रेड दर पनि वृद्धि गरेका छन्। दोहोरो चेपुवामा परेका ऋणीहरु अहिले समस्यामा देखिन थालेका छन्।


प्रतिक्रिया दिनुहोस्