गरिमा विकास बैंकको लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं –  गरिमा विकास बैंकले १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न १.५० प्रतशित नगद लाभांश दिने निर्णय गरेको हो ।

यसर्थ, बैंकले ५९ करोड ६८ लाख १३ हजार ५५५ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ६ करोड ८८ लाख ६३ हजार १०२ रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।

- Advertisement -
Ad image

नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई बोनस वितरण गरिनेछ । गत वर्ष बैंकले १६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्