डोटी भूकम्प : मृतकका परिवारलाई जनही एक लाख दिने प्रदेश सरकारको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले डोटीका भूकम्पपीडितका लागि राहत दिने निर्णय गरेको छ ।

भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख २० हजार, घर पूर्ण क्षति भएका परिवालाई ५० हजार र घर पुनर्निर्माणका लागि जनही २५ हजार रुपैयाँ दिने निर्णय गरिएको जनाइएको छ ।

- Advertisement -
Ad image

गएको मंगलबार राति र बुधबार बिहान डोटी केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिममा जनधनको क्षति भएको छ ।

प्रदेश सरकारबाट पीडित परिवारलाई तत्काल केही राहत दिने निर्णय भएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए ।

बुधबार गएको ६.६ म्याग्निच्युडको भूकम्पका कारण घर भत्कँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा सातजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्