मोरङ ३ को १ मा आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा (१) का लागि आज (शुक्रबार) उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। शुक्रबार नै उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने पनि निर्वाचन आयोगले जनाएको छ।

नेपाली कांग्रेसका उम्मेदवारको निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रका लागि निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित गरेको हो। यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो।

- Advertisement -
Ad imageAd image

आयोगले बुधबार अपराह्न नै नयाँ कार्यतलिका प्रकाशित गरेको थियो। कांग्रेसका तर्फबाट उक्त क्षेत्रमा मानबहादुर लिम्बूले बिहीबार मनोनयन दर्ता गराएका छन्।

उक्त क्षेत्रमा मंसिर ४ गते नै मतदान हुनेगरी निर्वाचन कार्यक्रम तय गरिएको आयोगले बताएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्