नेप्से परिसूचक २३.५२ अंकले घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ कार्तिक २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ– साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २३.५२ अंक घटेर १८९३.७० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.१७ अंक, फ्लोट इण्डेक्स १।४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंक घटेको छ।

बिहीबार बजारमा २२६ स्टकको २२ हजार ३९८ पटकको कारोबारमा १ अर्ब ११ करोड ९४ लाख ६१ हजार रुपैयाँ रहेको ३१ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

- Advertisement -
Ad imageAd image

यस दिन १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, निर्जीवन बीमा, म्युचुअल फण्ड, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, लगानी, होटल तथा पर्यटन र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड २२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनीको साढे ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिष्टिलरी र रिडी पावरको ३ करोड ३० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन २१ स्टकको मूल्य बढेको छ। यद्यपि यी स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा मुनि रहेको छ। यस दिन सर्वाधिक शेयरमूल्य बढेका १० कम्पनीको सूचीमा मन्दाकिनी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३.९२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य २.७७ प्रतिशत बढेको छ। कारोबारमा आएको अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ६.९१ प्रतिशत घटेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्