भाेलि प्रदेश १ मा सार्वजनिक बिदा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – बहालवाला मन्त्रीको निधन भएपछि प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मालिम तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

- Advertisement -
Ad image

सबै सरकारी कार्यालय र सार्वजनिक सङ्घ संस्थामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सूचनामा उल्लेख छ।

मोरङ ३ (क) मा प्रदेशसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री थापाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्