आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

२०७९ कार्तिक २३ बुधवार, २०२२ नोभेम्वर ०९

मेष

- Advertisement -
Ad image

पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ पनि दिनेछन् ।

मिथुन

मनमा उत्साहका साथै बोली बिक्ने समय छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

सिंह

आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

तुला

प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु

विद्यामा सफलता पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहन सुख पनि मिल्नेछ ।

कुम्भ

चिताएको कामले तीव्रता लिनेछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

बृष

मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कर्कट

वित्तिय संस्थाबाट सहयोग पाइएला । चलाखीपूर्ण बोलीले काम सफल हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

कन्या

गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ ।

बृश्चिक

धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्मकर्ममा मन लाग्नेछ ।

मकर

आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । लगानीको वातावरण बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

मीन

सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्