कपिलवस्तुमा अज्ञात समूहद्वारा तीनवटा सवारीसाधनमा आगजनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – अज्ञात समूहले चन्द्रौटा कृष्णनगर सडक खण्डमा रोकी राखेको ट्रकमा आगजनी गरेको छ । शिवराज नगरपालिका ६ विरपुर र गडगडौवामा आगजनी गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

गडगडौवास्थित आगजनी भएको कर्णाली प्रदेश (२)००१ ख ०५७८ नम्बरको ट्रकको पछाडिको भागमा आगोले क्षति पुर्याएको छ । सोही वडा अन्तर्गत ना ५ ख १४५३ को ट्रक र शिवराज नगरपालिका ७ जवाभारीस्थित लु ५ प ९२८७ नम्बरको मोटरसाइकलमा पनि आगलागी भएको छ ।

- Advertisement -
Ad image
आगजनी कसले किन लगाएको हो भन्ने पत्ता लाग्न सकेको छैन । घटनास्थलबाट नेपाल जनतान्त्रिक मुक्ति मोर्चा (संयोजक बिकरान्त) लेखेको पर्चा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घाटनाबारे अनुसन्धान गरिरहेको बताएको छ । 
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्