केपी ओलीको आरोप : कांग्रेस सत्तामा आउँदा अलच्छिन लाग्छ, सहकाल समाप्त भइ अनिकाल आउँछ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सत्तामा आउने वित्तिकै देशमा अलच्छिन लाग्ने गरेको आरोप लगाएका छन् ।

नेकपा एमाले कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले यस्तो गम्भीर आरोप लगाएका हुन् ।

- Advertisement -
Ad image

कांग्रेस सत्तामा आउने वित्तिकै अलच्छिन किन लाग्छ ? प्रश्न गर्दै उनले अगाडि थपे,‘यिनीहरु आएपछि सहकाल समाप्त हुन्छ, अनिकाल लाग्छ । पैसा हुँदैन । व्यक्तिसँग मात्रै होईन अहिले त बैंकसँगपनि पैसा छैन । तरलता अभाव छ, ऋण दिनेपनि पैसा छैन बैंकसँग । कहाँ जान्छ यिनीहरु आएपछि पैसा ? हामी हुँदा पैसा थियो तर अहिले छैन ।’

बिना बजेटको पैसा श्रोत सुनिश्चित भन्दै आफ्नालाई बाँड्दा राज्यको ढुकुटी रित्तिएको उनको आरोप थियो ।
ओलीले देशमा छिमेकी राष्ट्रले नाकाबन्दी लगाउँदा नाकाबन्दीसमेत भन्न नसक्ने, कसले नाकाबन्दी लगायोपनि भन्न नसक्ने पार्टी कांग्रेसलाई जिताए देश बर्बाद हुने बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्