दुना टपरी फ्याक्ट्रीमा आगलागी, २ करोड बराबरको क्षति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

कामठमाडौँ – झापाको मेचीनगर नगरपालिका–९ बालुवाटारस्थित दुना टपरी फ्याक्ट्रीमा आगलागी भएको छ । फ्याक्ट्रीमा आगो लाग्दा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुपारीको पातबाट दुना टपरी बनाउने लिप प्लस प्रालिमा आइतबार आगलागी हुँदा मेसिन, औजार र तयारी सामान जलेर नष्ट भएका छन् ।

- Advertisement -
Ad image

फ्याक्ट्रीमा मध्यरातको १२ : ५० बजे सुरु भएको आगलागी बिहान २:४० बजे नियन्त्रणमा आएको प्रहरी कार्यालयका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय धुलाबारी, स्थानीयवासी, मेचीनगर, कमल, बिर्तामोड, भद्रपुर र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको उनले बताए । आगलागीको कारण भने खुल्न नसकेको उनको भनाइ छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्