राप्रपाका उम्मेदवार चढेको गाडी सुर्खेतमा दुर्घटना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सवार सवारी दुर्घटनामा परेको छ।  सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–१ गैलुमा भनसरा चुनावी प्रचारमा जाँदै गरेको डब्बल क्यापको भे १ च २८०५ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो।

गाडी सोमबार बिहान दुर्घटनामा परेको हो। उकालो सडक भएका कारण गाडी अगाडी बढ्न नसकेर दुर्घटनामा परेको त्यहाँका स्थानीयले जानकारी दिए। हाल घटनास्थलमा अस्थायी प्रहरी पोष्ट लगामबाट प्रहरी खटिएको छ। उक्त गाडीमा सवार सामान्य घाइते भएका छन्।

- Advertisement -
Ad image

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राप्रपाबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा उम्मेदवार भिमबहादुर शाही, प्रदेश सभा (१) का उम्मेदवार सुर्यबहादुर खत्री र प्रदेश सभा (२)का उम्मेदवार कर्णबहादुर रेगामी मगरको चुनावी प्रचार–प्रसारमा गाडी गएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्