काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाने भएका छन्। बिहान १० बजे पोखरा सभागृहमा हुने वृहत कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन परिचालन कमिटी, कास्कीले जनाएको छ।
अध्यक्ष ओलीसँगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल (बैरागी) कार्यक्रममा सहभागि हुने निर्वाचन प्रचार प्रमुख दर्शन लामाले जानकारी दिए।
यस्तै, गण्डकी प्रदेशसभा तर्फ १ ९१० का खगराज अधिकारी १ ९२० का वेदबहादुर गुरुङ, क्षेत्र नम्बर २ ९१० का भीम कार्की, २ ९२० की मीना गुरुङ, क्षेत्र नम्बर ३ ९१० का गणेशमान गुरुङ, ३ ९२० का उम्मेदवार राजीव पहारी सभामा सहभागी हुने छन्।


प्रतिक्रिया दिनुहोस्