लोसपाको घोषणापत्र सार्वजनिक, १४ प्रतिबद्धता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ  – विभिन्न १४ प्रतिबद्धतासहित लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि लोसपाले आफ्नो घोषणापत्रमा सक्षम नेतृत्व, प्रभावकारी सेवा र भ्रष्टाचाररहित स्थानीय सरकारमा प्रतिबद्धता जनाएको छ ।

यस्तै व्यवहारिक शिक्षाको विकास, स्वस्थ नागरिक एवम् समृद्ध देश, महिला सशक्तीकरण, कृषिको आधुनिकीकरण, चुरे संरक्षण, जेष्ठ नागरिकको सम्मान, युवा सशक्तीकरण एवम् उद्यमशीलता प्रवर्द्धन, प्रभावकारी विपद् व्यवस्थापन, भौतिक पूर्वाधारको विकासमा पनि लोसपाले प्राथमिकता दिएको छ ।

- Advertisement -
Ad image

यस्तै जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटन एवं विश्व हिन्दूको केन्द्र बनाउने, वीरगन्जलाई मधेस प्रदेशको आर्थिक कारोबार र व्यापारको केन्द्र बनाउने, विराटनगर, भैरहवा र नेपालगन्जलाई आर्थिक विकासको मेरुदण्ड बनाउने प्रतिबद्धता लोसपाको छ । यस्तै लुम्बिनीलाई बुद्ध धर्मावलम्बीहरूका लागि अन्तर्राष्ट्रिय तीर्थस्थल एवम् ध्यान केन्द्रको रुपमा विकास गर्ने पनि लोसपाको प्रतिबद्धता छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्