काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडलाई एस्टन भिल्लाले हराएको छ । आइतबार राति भएको खेलमा एस्टनले युनाईटेडलाई ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा लियोन बेलीले सातौं मिनेटमा गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ११ औं मिनेटमा लुकास डिग्नेले गोल गर्दै एस्टनको अग्रता २-० को बनाए ।
खेलको ४५ औं मिनेटमा एस्टनका जाकोब रामसेले आत्मघाती गोल गरेपछि युनाईटेडले खेल २-१ को स्थितिमा ल्यायो ।
त्यसपछि खेलको ४९ औं मिनेटमा जाकोबले गोल गर्दै एस्टनलाई ३-१ को जित दिलाए । यस जितसँगै मुख्य प्रशिक्षक युनाई इम्रीले आफ्नो पहिलो खेलमै एस्टनलाई जित दिलाएका थिए ।
जितपछि एस्टनले १४ खेलमा १५ अंक जोडेको छ । एस्टन १४ औं स्थानमा रहेको छ । युनाईटेड २३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्