एमाले प्रदेश कमिटी सदस्यसहित ४१ नेता कार्यकर्ता माओवादीमा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० कार्तिक २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

यस्तै एमालेकै रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा पनि माओवादीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

- Advertisement -
Ad image

दुई नेतासहित ४१ जना एमालेका नेता कार्यकर्तालाई अध्यक्ष प्रचण्डले खुमलटारमा आयोजित कार्यक्रमका बीच पार्टीमा स्वागत गरेको उनले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्