म मेची किनारको मान्छेले लिम्पियाधुरा र लिपुलेक देखेँ, शेरबहादुर देउवाले देख्नुभएन: ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मेची बगरको मान्छे भएपनि महाकालीको लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेको तर प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराकै भएर पनि लिम्पियाधुरा र लिपुलेक नदेखेको टिप्पणी गरेका छन् । बिहीबार बैतडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई विकासको बाटोमा अगाडि बढाउने दाबी गरे ।

उनले भने, ‘झुलाघाटमा पक्की पुल बनाउने जिम्मा एमालेले लिन्छ । म लिन्छु । यो पोल मात्रै होइन, गोकुलेको विद्यालयलगायतका विकासका काम अघि बढाउनुपर्छ भन्ने मलाई थाहा छ । महाकाली करिडोरमा पक्की बाटो जान्छ ।’ ‘म मेची किनारको मान्छेले लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेँ, तर शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री हुँदा देख्नुभएन । म झुलाघाटको पुल देख्छु । शेरबहादुर देउवा देख्नुहुन्न’, ओलीको भनाइ छ ।

- Advertisement -
Ad image

उनले यसअघि आफू भारतमा जाँदा दार्चुलाका तत्कालीन सांसद गणेश ठगुन्नालाई सँगै भारत लगेर त्यहाँका गभर्नर लगायतका अधिकारीसँग राखेर स्थानीय तवरमा वार्ता गर्नु सुझाएको भन्दै आफूले उत्तराखण्डमा पुल बनाउन दिल्लीलाई सहमत गराएको पनि बताए । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले विकासका काम गर्दागर्दै पार्टीभित्र मधुकैटभहरु जन्मिएकाले काम गर्न नदिएको बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्