गठबन्धनका दल मिलेर मत मागेका छौँ, इज्जत राख्छौँ: गगन थापा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले गठबन्धनका दल मिलेर मत मागेको र मतको इज्जत राख्ने बताएका छन् । चुनावी घरदैलो कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

संविधानको रक्षा गरेर शान्तिपूर्ण वातावरणमा राजनीतिक अस्थिरता कायम गरेर समृद्धिको लक्ष्यलाई भेटाउने बाहेक अर्को उद्देश्य नभएको उनले बताए ।

- Advertisement -
Ad image

उनले भने,‘हामी निर्वाचित भइसकेपछि यो पटक आम जनतालाई निराश बनाउने छैनौँ । हामी यो पटक चुक्ने छैनौँ । हामी यो पटक गठबन्धनमा रहेको दलहरू गठबन्धनको धर्म निर्वाह गर्ने छौँ । गठबन्धनका दलहरू मिलेर मत मागिसकेपछि यो मतको इज्जत राख्ने छौँ ।’

सत्ता गठबन्धन नचुकी नबिराई अघिल्लो पाँच वर्षमा जे क्षति भएको छ । त्यो क्षतिलाई पनि पूर्ति गरेर नेपालको इतिहासमा सर्वाधिक सफल हुने उनको भनाइ छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्