देउवा चुनाव प्रचारका लागि गृह जिल्लामा, ७ ठाउँमा आमसभा गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ –  नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारका लागि आफ्नो गृह जिल्ला डडेलधुरा जाँदै छन्।

बुधबार कैलालीको धनगढी पुगेका देउवा आज त्यहाँबाट डडेलधुरा जाने कार्यक्रम छ। देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुरामा उम्मेदवार छन्। डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ। देउवा २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आइरहेका छन्।

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आज मध्यान्ह १२:३० बजे अमरगढी नगरपालिकास्थित बसपार्कमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तो कात्तिक १८ गते बिहान ११स्३० बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, कात्तिक १८ मै दिउँसो २:१५ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको डडेलधुरा काँग्रेसले जनाएको छ।

यस्तै कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभामा देउवा पुग्नेछन्।

यस्तै कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई सम्बोधन गरी देउवाले चुनावी प्रचारप्रसारको काम गर्ने डडेलधुरा काँग्रेसले जनाएको छ।

देउवाले चुनावी घरदैलो भने गर्ने छैनन्। कात्तिक २० गते काठमाडौँ फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि देउवा पुग्ने कार्यक्रम छ।

डडेल्धुरामा जनता समाजवादी पार्टीबाट श्याम सिनाल उम्मेदवार छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत र नेपाली काँग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावल उम्मेदवार छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्