विराटनगर– भारत सरकारले धानको निर्यातमा लगाउदै आएको प्रतिबन्धलाई हटाएको छ । यसका लागि भारतले ६ लाख टनसम्मको धानलाई मात्र शून्य प्रतिशत महसुल कायम गरिने सिमा निधारर्ण गरेको जानकारी दिएको छ । भारतको अर्थ मन्त्रालय अन्तर्गतको राजस्व विभागले एक सूचना प्रकाशित गर्दै नेपाल निर्यात हुने धानमा शून्य प्रतिशत महसुल लाग्ने जानकारी गराएको हो। यस भन्दा अघि यस्तो शुल्क धानमा २० प्रतिशत रहेको थियो ।
विराटनगरका राइस मिलका सञ्चालकहरु भने २०७९÷८० का लागि भारतबाट ६ लाख टन धान आयात भएमा नेपालका उद्योगलाई पर्याप्त हुने बताउछन् ।
ुगत आर्थिक वर्षमा नेपालमा भारतबाट साढे ५ लाख टन धान आयात गरिएको तथ्यांक छ। त्यस हिसाबले चालु वर्ष ६ लाख टन पर्याप्त हुन्छ भन्ने हाम्रो अनुमान छ,ु उनले भने, ुयो वर्ष नेपालमै धान खेती राम्रो छ। समयमा वर्षा भएका कारण उत्पादन बढ्ने प्रक्षेपण छ।ु
संघले काठमाडौंस्थित भारतीय राजदूतावास र नेपालको वाणिज्य मन्त्रालयमा नेपालका उद्योगले भारतबाट शून्य प्रतिशत महसुलमा ६ लाख टन धान आयात गर्न पाउन पत्राचार गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्