मतगणना स्थलमा तारजाली लगाउँदैनौँ: दिनेशकुमार थपलिया

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा तारजाली नलगाइने बताएका छन्। विगतका चुनावमा मतपत्र चपाउनेजस्ता घटना भएपछि मतपत्र सुरक्षाका लागि भन्दै मतगणना स्थलमा तारजाली लगाइँदै आएको थियो। मतपत्रको सुरक्षा र गणनास्थलको सुरक्षाका लागि सिसीक्यामेरा भने राख्ने आयोगको भनाइ छ।

आज निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा थपलियाले भने, ‘तारजाली लगाएर छेकेर मतगणना सुरक्षित हुन्छ भन्नेबाट माथि उठ्नुपर्‍यो। लोकतन्त्रमा सुहाउने काम गर्नुपर्छ। सुरक्षाका अन्य विधि हामी अवलम्बन गर्छौँ।’

- Advertisement -
Ad image

उनले मतगणना स्थलमा सिसी क्यामेरा जडानका लागि आयोगसँग बजेट नभएको बताए। १६५ वटा निर्वाचन क्षेत्रको मतगणना गर्ने स्थानहरूमा सम्बन्धित स्थानीय तहकै समन्वयमा त्यहाँ नै उपलब्ध सिसी टिभी जडान गर्ने व्यवस्था मिलाइने उनले बताए।

‘अघिल्लो निर्वाचनमा सिसी टिभीको मात्र होइन, तारजालीको पनि व्यवस्था गर्ने भन्ने विषय उठेछ,’ उनले भने, ‘हामीले सिधा भनेका छौँ, फलामले फलामलाई नै काट्छ भनेजस्तो यो मुलुकमा कोही जाली नै छैन, किन जाली लगाइरहनुपर्‍यो। ?’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्