लगातार तेस्रो दिन उकालो लाग्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – सेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ७.३२ अंकले वृद्धि भएर १९३८.३० अंकमा बन्द भएको छ । पछिल्लो तीन दिनमा नेप्से ७९.८१ अंकले बढेको हो ।

सोमबार १६ अंकले बढेको नेप्से मंगलबार ५६ अंकको उच्च वृद्धि भएको थियो । लगातार दुई दिन बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बुधबार उताचढाव देखिए पनि अन्तिममा नेप्से सँगै कारोबार रकम पनि बढेर बन्द भएको छ ।

- Advertisement -
Ad image
बुधबार बैंकिङ व्यापार र निर्जीवन बीमा बाहेकका सबै उपसूचक बढेका छन् । बैंकिङ उपसूचक ०.१९ प्रतिशत र व्यापार उपसूचक १.२३ प्रतिशतले गिरावट भएको छ । सोमबार र मंगलबार सेयर मूल्य बढेका बैंकमा बुधबार लगानीतकर्ताको नाफा बुक गर्न खोज्दा ‘सेलिङ प्रेसर’ले बैंकहरुको सेयरमूल्यमा करेक्सन आएको छ ।

मंगलबार ३१ भदौ यता १ अर्ब नाघेको कारोबार रकम बुधबार बढेर करिब डेढ अर्ब पुगेको छ । बुधबार नेप्सेमा ४३ लाख ७६ हजार ७०८ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ४६ करोड ७९ लाख १५ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको ७ करोड ८५ लाख ६० हजारको कारोबार हुँदा नबिल बैंकको ५ करोड ६६ लाख १८ हजार र रिडी हाइड्रोपावरको ५ करोड १९ लाख ९६ हजारको कारोबार भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्