मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउन गृहमन्त्रालयको सुझाव छः आयोग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ -निर्वाचन आयोगले आसन्न निर्वाचनको मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सरोकारवालाको सुझाव रहेको जनाएको छ ।

आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृहमन्त्रालयसहित सरोकारवाला निकायले मतदानको दिन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सुझाव दिएको जानकारी दिए ।

- Advertisement -
Ad image

तर, यसबारे आयोगले उपयुक्त निर्णय लिने उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान आगामी ४ मंसिरमा हुँदै छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्