प्रचण्डको चित्तबुझ्दो जवाफ नआएपछि बाजा बजाउनेको खोजी गर्न आयोगको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले उम्मेदवारी दर्ताका समयमा बाजा बजाएको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएको छ ।

२३ असोजमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ मा पुग्दा बाजागाजा समेत गरिएको थियो । यसबारे आयोगले सोधेको स्पष्टीकरणमा प्रचण्डले कसले बजायो भन्ने थाहै नभएको जवाफ दिएका थिए ।

- Advertisement -
Ad imageAd image

तर आयोगले यो स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै त्यसमा कोको व्यक्ति थिए ? प्रचण्डले लगेका हुन् वा होइनन् भनेर खोजबिन गर्न मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्