काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मानव अंग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
किड्नीलगायतका अंगहरू फेल भएर बसेकाहरूको पुनर्जन्म हुने भएकाले मृत्यु पर्यन्त अंग दान गर्ने कार्यलाई अभियानका रूपमा अघि बढाउन उपयुक्त हुने उनको भनाइ थियो।
मारबाडी सेवा समितिले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दान गरिएको अंगहरूले मान्छेको पुनर्जन्म गराउने र उनीहरूको स्वस्थ जीवनले मुलुकलाई समृद्ध बनाउन योगदान पुर्याउने भएकाले पनि मानव अंग दान अति आवश्यक रहेको स्पष्ट पारे।
मन्त्री श्रेष्ठले अंग दान गरेर अरूको जीवन दान गर्नु ठूलो मानवीय सेवा भएकाले यसलाई व्यापक बनाएर लैजानुपर्ने बताए। त्यस अवसरमा उनले मानवीय सेवाको क्षेत्रमा मारबाडी समुदायले खेल्दै आएको भूमिकाको पनि चर्चा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्