राजस्व अनुसन्धान विभागको महानिर्देशकमा मदन दहाल नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – राजस्व अनुसन्धान विभागको महानिर्देशकमा मदन दहालको सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासन महाशाखा प्रमुखसमेत रहेका दहाललाई महानिर्देशकमा नियुक्ति गरेसँगै विभागका महानिर्देशक झलकराम अधिकारीलाई प्रधानमन्त्री कार्यालय तानिएको छ ।

अधिकारीले १ असारमा मात्रै विभागमा पद बहाली गरेका थिए ।

- Advertisement -
Ad image

नवनियुक्त महानिर्देशक दहाल अर्थ मन्त्रालय अन्तर्गत २५ वर्ष काम गरेका छन् । अर्थकै क्याडर रहेका दहाल यसअघि पनि विभागमा निर्देशक बसिसकेका छन् ।

चर्चित नक्कली बिलको अनुसन्धान टोलीका सदस्यसमेत रहेका दहाल एनसेलको ६२ अरब कर निर्धारण समितिमा रहेका थिए । उनी बुधबार(भोलि) हाजिर हुने बुझिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्