डा. तोसिमा कार्की र नो, नट अगेनको रिट कुमार चुडालको इजलासमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – डा. तोसिमा कार्कीको उमेदवारी खारेजीविरुद्धको रिट र ‘नो, नट अगेन’ अभियानको विज्ञप्तिविरुद्धको रिटहरू प्रारम्भिक सुनुवाइका लागि आज न्यायाधीश डा. कुमार चुडालको इजलासमा तोकिएको छ ।

तोसिमाले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेकी थिइन् । ललितपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदमा उमेदवारी दिएकी कार्कीको उमेदवारीलाई आयोगले अयोग्य ठहर गरेको थियो ।

- Advertisement -
Ad image

यस्तै, सोमबार अधिवक्ता अनिल आचार्यले ‘नो, नट अगेन’लाई बन्देज गर्ने गरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गराएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्