काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले मोतीपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताएका छन् । उक्त क्षेत्र स्थानीयलाई मर्का नपर्ने र धेरै लाभ मिल्ने गरी निर्माण गरिने उनले उल्लेख गरे ।
सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले त्यस क्रममा यस क्षेत्रका स्थानीयलाई विस्थापित नगरिने बताए । सबैलाई व्यवस्थापन गरिने भन्दै उनले जनताको सुरक्षामा सरकार प्रतिबद्ध र जिम्मेवार रहेको पनि बताए ।
अहिलेको क्षेत्रफल धेरै भएको र त्यसलाई घटाएर त्यहाँ स्थायी बसोबास गर्ने व्यक्तिहरूलाई मर्का नपर्ने गरी संरचना निर्माणको योजनामा सरकार रहेको जानकारी दिए ।
“स्थानीयलाई मर्का नपर्ने र धेरै लाभ मिल्ने गरी औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमुना औद्योगिक क्षेत्रका रूपमा विकास गरिनेछ,” उनले भने, “यस क्षेत्रका बासिन्दाहरूलाई रोजगारीको सुनिश्चितता गरिनेछ । यसमा म कटिबद्ध छु । यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु ।”


प्रतिक्रिया दिनुहोस्