चुनावी अभियानमा हामीले कम बोल्ने र जनताका कुरा धेरै सुन्ने गर्नुपर्छ: ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष खड्ग प्रसाद (केपी) शर्मा ओलीले चुनावी अभियानका क्रममा जनताका कुरा सुन्नुपर्ने बताएका छन् । युवाका कुरा विशेष रूपमा सुन्नुपर्नेमा उनले जोड दिएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उनीहरूका कुरा सुनेर आफूहरूले अगाडि सारेका योजना बताउनुपर्ने उल्लेख गरेका छन् । चुनावी अभियानमा रहेका पार्टीका नेता–कार्यकर्तालाई उनले यस्तो निर्देशन दिएका हुन् ।

- Advertisement -
Ad image

“यस अभियानमा हामीले जनताका कुरा सुन्ने र अझ युवाका कुरा सुन्ने गर्नुपर्छ, अनि हामीले अगाडि सारेका योजनाहरू बताउने गर्नुपर्छ,” उनले लेखेका छन् ।

अध्यक्ष ओलीले चुनावी अभियानका रचनात्मक तस्बिरहरू आफूलाई फेसबुकमा पठाउन आग्रह पनि गरेका छन् ।

“सबै साथीहरूले आफ्नो चुनावी अभियानका रचनात्मक तस्बिरहरू यहाँ पठाउन सक्नुहुन्छ,” उनको फेसबुक पोस्टमा भनिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: