क्यानले माग्यो एनएसीसँग स्पष्टीकरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमसँग स्पष्टीकरण मागेको छ। काठमाडौं-दिल्लीतर्फ आइतबार र शुक्रबार बाहेक साताको पाँच उडान गर्न स्वीकृति दिएकोमा आइतबार उडान गर्ने क्रममा यात्रुको विचल्ली भएपछि स्पष्टीकरण मागेको प्राधिकरणका एक कर्मचारीले जनाएका छन।

प्राधिकरणले आइतबार निगमले ७३ जना यात्रुलाई बोर्डिङ पास जारी गर्नुको कारण पनि मागेको छ। प्राधिकरणले २४ घण्टा भित्रै यो स्पष्टीकरण बुझाउन पत्राचार गरेको हो।

- Advertisement -
Ad image

नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान संचालन नगरेको भन्दै नेपाल वायुसेवा निगमको दिल्ली तर्फको एउटा उडान रद्द गरेको छ।

प्राधिकरणले आफूले दिएको निर्देशन पालना नगरेको भन्दै आइतबार बिहान दिल्ली तर्फको उडान नै रद्द गरेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्