काठमाडौँ – भक्तपुर क्षेत्र नं.२ प्रतिनिधिसभाको एमालेको उम्मेदवार महेश बस्नेतले मंसिर ४ गते गठबन्धनलाई जरैदेखि उखेलेर फयाल्ने बताएका छन । नेकपा एमाले सूर्यविनायक नगरकमिटी वडा नं. ५ ले आज आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन ।
दिगो विकासको लागि केपी ओली नेतृत्वको सरकारले मुलुकलाई विकासन्मुख राष्ट्रको रूपमा स्थापित गराएको स्मरण गराए। ओली नेतृत्वको सरकारले मुलुकलाई छिट्टै विकसित बनाउने अभियान चलाएता पनि वर्तमान गठबन्धन सरकारले विकासको बिदा मनाइरहेको दाबी गरे।
जनचाहनालाई लत्त्याउँदै विकासको बजेट कटौती गरी विकासलाई रोक्ने गठबन्धन सरकारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताले जनमत नदिएर सधैँको लागि बिदा गर्ने दाबी गरे। मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै उनले उक्त सरकारले पुनः विकास र समृद्धिको लहर पैदा गर्ने उनको दाबी छ।
उनले भने, ‘केपी ओली नेतृत्वको सरकारले साना तथा ठुलो र राष्ट्रिय गौरवका आयोजनाहरू व्यापक मात्रामा चाहेको थियो। विभिन्न प्रकारका भौतिक पूर्वाधार निर्माणका कार्यक्रमहरूले जताततै लहर नै छाएको थियो। तर गठबन्धन सरकार आएसँगै जनताले विकासको कुनै पनि योजना देख्न पाएको छैन। अघिल्लो कार्तिक तथा मंसिरमा जताततै विकासका कार्यहरू भएका थिए। उद्घाटन र शिलान्यासमय मुलुक बनेको थियो। तर यो सरकार आएसँगै चाल आयोजनाहरू रोकिएका छन्, जनताले विकास देख्न पाएका छैनन्।
विकास र मुलुकमा नै होलीडे बनेको छ। सरकारलाई विकासको त क्यान्सर नै लागेको छ। आगामी मंसिर ४ गते गठबन्धनलाई जरैदेखि उखेलेर फाल्नुपर्छ। त्यस पछि एमालेको सरकार बन्ने छ। जसले विकास प्रति जनताको तीव्र चाहनालाई पुरा गर्नेछ।’


प्रतिक्रिया दिनुहोस्