ताप्लेजुङमा आगलागी, लाखौँको क्षति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ  – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ।भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो।

बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।

- Advertisement -
Ad image

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा १५ लाखभन्दा बढीको क्षति भएको तामाङले जाकारी दिएका छन।

प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ। आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्