मलाई प्रधानमन्त्री बनाउनमात्र गठबन्धन बनेको होइन: देउवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउनमात्र पाँच दलीय गठबन्धन नबनेको जिकिर गरेका छन् । उनले पाँच दलीय रहरको उपज नभएर बाध्यताको परिणाम नभएको पनि बताए ।

सोमबार गठबन्धनमा आवद्ध दलहरुको वाग्मती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनका उमेदवारलाई जिताउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले सातै प्रदेशमा भएको शीर्ष नेतृत्वको कार्यक्रमले दल र दलका कार्यकर्ताबीच आपसी विश्वसनीयता र एकता बढाउन सहयोग पुगेको जिकिर गरे ।

- Advertisement -
Ad image

प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरुबीच केही ठाउँहरुमा समस्या अझै रहेको स्वीकार गरे । गठबन्धनका कारण चुनाव जित्न सहज भएकाले सबैलाई टिकट चाहिएको र दिन भने असमर्थ रहेको बताए ।

“पाँच दलीय गठबन्धन अहिले छ । यो आवश्यक्ताले बनेको हो, रहरले बनेको हैन । शेरबहादुर देउवलाई प्रधानमन्त्री बनाउनमात्र पनि गठबन्धन बनेको हैन । गठबन्धनको महत्व छ,” उनले भने, “गठबन्धन अपरिहार्य थियो र भोलि पनि रहनेछ । स्थायी शान्ति, लोकतन्त्र, समावेशी व्यवस्थाको रक्षा गर्न गठबन्धन बनेको हो ।”

सम्बोधनका क्रममा उनले देश अहिले महत्वपूर्ण मोडमा आइपुगेको बताए । उनले धेरै ठूलो लडाइँपछि संघीयता, लोकतन्त्र, समावेशीता प्राप्त भएको भन्दै नेपालको संविधान अन्तर्राष्ट्रिय जगतमा पनि अध्ययन हुन थालेको बताए । उनले गठबन्धनभित्र भएका पार्टी एक हुनुपर्ने भन्दै टिकट पाइनँ भनेर झगडा गर्ने अवस्था नभएको बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्