काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले बहुमत ल्याएमा अलि अलि अध्यारो अनुहार भएका साथीहरु पनि सरकार बनेपछि नियुक्ति पाइसकेपछि उज्याला हुने बताए ।
गठबन्धनले जितेमा जितेमा अहिले अवसर नपाएकाहरुलाई राजनीतिक नियुक्ति, संवैधानिक आयोगमा नियुक्ति र राजदूत नियुक्तिमा पहिलो अवसर दिने शनिबार विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको कार्यक्रम प्रचण्डले बताए ।
सत्तारुढ गठबन्धनका दलभित्र, एकअर्का दलबीच भएका समस्या थाती राखेर चुनावमा होमिन प्रचण्डले आग्रह गरेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मा भने कुनै समस्या नरहेको प्रचण्डले बताएका छन् । ‘म सबै साथीहरुलाई के अपिल गर्न चाहन्छु भने हेर्नुस् गठबन्धनले जितेर बहुमत आएर सरकार बन्यो भने अवसरै अवसर हुन्छ’, प्रचण्डले भने ।
पाटिभित्र निकट नपाएकाले अन्तघात गर्न सक्ने सम्भावनालाई औलाउदै उनले सो कुरा कार्यक्रमा बताएका हुन् । कार्यक्रममा बोल्दै गर्दा निवार्चनमा टिकट नपाएकालाई राजनीतिक न्युक्तिमा प्रथामिकता दिने कुरामा जोड दिएका थिए ।
गठबन्धनले बहुमत ल्याएमा अध्यारो अनुहार पनि उज्याला हुन्छन्ः प्रचण्ड

प्रतिक्रिया दिनुहोस्