२०७९ कार्तिक ४ शुक्रवार,
मेष
नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । परिवार सँग रमाइलो भेटघाट पनि हुनेछ ।
मिथुन
व्यापार व्यवसायबाट लाभ मिल्नेछ । स्वादिष्ट भोजनको अवसर पनि मिल्ला ।
सिंह
कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।
तुला
आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।
धनु
कार्य सम्पादनमा सहजता मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला, तर साँझमा खर्च बढ्न सक्छ ।
कुम्भ
श्रमको उचित मूल्याङ्कन हुनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रणयसम्बन्ध बढेर जाने समय पनि छ ।
बृष
सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
कर्कट
विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।
कन्या
विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । स्वास्थ्य प्रति सजगता अपनाउनु होला ।
बृश्चिक
व्यापार व्यवसायबाट आम्दानी हुनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
मकर
पढाईको क्षेत्र कमजोर रहन सक्छ । गरिरहेको काममा विभिन्न समस्या आउँनाले काम सम्पन्न हुनमा ढिलासुस्ती हुन सक्छ ।
मीन
आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । व्यापार व्यवसायबाट लाभनै मिल्नेछ ।


प्रतिक्रिया दिनुहोस्