कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ आश्विन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – आगामी कात्तिक २ र ३ गते ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सस्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरी भिटामिन ए कार्यक्रमबारे जानकारी गराएको छ ।

कार्यक्रम सञ्चालनका लागि सहयोग तथा प्रचार प्रसारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सवन्वय गर्न महाशाखाले अनुरोध गरेको छ । साथै प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई समेत जानकारी गराइएको छ ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्