काठमाडौँ – निर्वाचन आयोगले सरकारी कर्मचारी, विद्यालयका शिक्षक र क्याम्पसका प्राध्यापकहरूलाई चुनाव प्रचारमा नलाग्न निर्देशन दिएको छ ।
कतिपय कर्मचारी र शिक्षक दलको चुनाव प्रचारमा लागेको पाइएपछि अयोगले कडाइ गरेको हो । कर्मचारी र शिक्षकले उम्मेदवारकोबारेमा सामाजिक सञ्जालबाट समेत प्रचार नगर्न आयोगले भनेको छ । प्रचार प्रसार गरेमा आयोगले कारबाही गर्ने चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्