उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – भारतको समाजवादी पार्टीका संस्थापक तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको सोमबार गुरुग्राममा निधन भएको छ । उनी ८२ वर्षका थिए । समाजवादी पार्टीले ट्वीट गरेर यसबारे जानकारी दिएको हो ।

पिसाब संक्रमण, रक्तचाप र सास फेर्न समस्या भएपछि उनलाई एक साता अघि अस्पताल लगिएको थियो । आइतबार मेदान्त अस्पतालले मुलायम सिंह यादवको स्वास्थ्य नाजुक भएको र उनलाई जीवन रक्षक औषधी दिइएको जानकारी दिएको थियो ।

- Advertisement -
Ad image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्