कांग्रेस नेता रामचन्द्र पौडेल बिरुद्ध गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । आज जुलुससहित गएर तनहुँ– १ बाट कांग्रेसबाट पूर्व गृहमन्त्रीसमेत रहेका जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
पौडेल र जोशीबीच व्यक्तिगत दुश्मनी रहेको छ । कुनै बेला कांग्रेसका शक्तिशालि नेता जोशी भ्रष्टाचार मुद्दाका कारण कमजोर बनेका छन् ।
यसघि समेत स्वतन्त्र उम्मेदवार बनेका जोशीको बागी उम्मेदवारी रद्द भएको थियो। आफ्नो उम्मेदवारी रद्द भएपछी जोशीले बाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठलाई समर्थन गरे । परिणाम स्वरूप पौडेल ५००० मतान्तरले पराजित भए ।


प्रतिक्रिया दिनुहोस्