केन्द्रीय समितिमा जानुको अब कुनै अर्थ छैन: मीनेन्द्र रिजाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – डा. मीनेन्द्र रिजाललाई कांग्रेसले टिकट नदिएर सुजाता कोइरालालाई दिएको छ । रिजाल यसअघि कांग्रेस महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।

“म पार्टीमा काम गर्छु । देशभरिका निरास साथीहरुसँग सहकार्य गर्छु,” उनले भने, “देउवाले पार्टी बिगार्छन् भनेर उनको ठाउँमा अर्को बनाउनुपर्छ भनेरै लागेको हुँ । महाधिवेशनमा देउवा हुँदैनन् भनेर लागेको कुरा अहिले झन् पुष्टि भएको छ । पार्टी राम्रो बनाउन लाग्छु ।”

- Advertisement -
Ad image

उनले देउवाले भने पनि अब केन्द्रीय समितिमा नजाने बताए । “जुन मान्छेको विवेकले जनतामाझ जान्छु भन्दा रोक्छ, त्यही नेतृत्वमा केन्द्रीय समितिमा जानुको कुनै अर्थ छैन । कांग्रेसको क्रियाशील सदस्य हुँ । त्यही भूमिका निर्वाह गर्छु । देशभरका निरास साथीहरुसँग सहकार्य गर्छु ।”

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्